थापाले स्रोत व्यवस्थापन कसरी गर्ने भनेर अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन्। ‘राजश्वको लक्ष्य अघिल्लो वर्षभन्दा कम हुने देखिएकाले म राजश्व बढाउँछु भनेर कसरी विश्वास दिलाउनुहुन्छ ? र आश्वत हुने आधार के हो ?’ उनले भने।
उनले देउवा सरकार हुँदा सुदूरपश्चिम र ओली सरकार हुँदा पुर्व केन्द्रित बजेट आउने जनगुनासो भएको तर्फ संकेत गर्दै अहिले त्यस्तो नभएको विश्वास कसरी दिलाउन सकिन्छ भनेर प्रश्न गरे। थापाले प्रदेशको सरकारलाई बोलाएर प्रधानमन्त्री देउवाले बजेटबारे छलफल नगरेको भन्दै असन्तुष्ट जनाए।