अर्थमन्त्रीलाई गगन थापाको प्रश्न :बजेटको आकार वृद्धि गरिएको छ, स्रोत के हो ?


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
अर्थमन्त्रीलाई गगन थापाको प्रश्न :बजेटको आकार वृद्धि गरिएको छ, स्रोत के हो ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेटको आकार बढाइएको छ, स्रोतको के हो भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो प्रश्न गरेका हुन् । 

थापाले स्रोत व्यवस्थापन कसरी गर्ने भनेर अर्थमन्त्री जनार्दन शर्मालाई  प्रश्न गरेका छन्। ‘राजश्वको लक्ष्य अघिल्लो वर्षभन्दा कम हुने देखिएकाले म राजश्व बढाउँछु भनेर कसरी विश्वास दिलाउनुहुन्छ ? र आश्वत हुने आधार के हो ?’ उनले भने।

उनले देउवा सरकार हुँदा सुदूरपश्चिम र ओली सरकार हुँदा पुर्व केन्द्रित बजेट आउने जनगुनासो भएको तर्फ संकेत गर्दै अहिले त्यस्तो नभएको विश्वास कसरी दिलाउन सकिन्छ भनेर प्रश्न गरे। थापाले प्रदेशको सरकारलाई बोलाएर प्रधानमन्त्री देउवाले बजेटबारे छलफल नगरेको भन्दै असन्तुष्ट जनाए।