अर्थमन्त्रीलाई प्रचण्डले भने- पार्टीलाई अप्ठ्यारोमा पर्ने, राजीनामा दिनु वातावरण सहज हुन्छ


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
अर्थमन्त्रीलाई प्रचण्डले भने- पार्टीलाई अप्ठ्यारोमा पर्ने, राजीनामा दिनु वातावरण सहज हुन्छ
काठमाडौं। बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन दलहरुको आग्रह  आएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत आइतबार आफ्नो निजी निवास खुमलटारमा बोलाएर अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन्।  

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशबाट प्रचण्डले मन्त्री शर्मासँग पार्टीलाई अप्ठ्यारोमा पार्ने ? भनेका थिए  । सचिवालय स्रोतकाअनुसार सुन्नमा आएजस्तै बजेट निर्माणमा बाहिरको कुनै व्यक्तिलाई प्रवेश दिइएको हो?' भन्दै 'उनले प्रश्न हरु गरेका थिए । 

शर्माले जवाफमा ठूलो गल्ती नभइ सामान्य भुलचुक मात्र भएको हुनसक्ने गोलमटोल उत्तर दिएका थिए। निरन्तर विवादमा रहँदा पार्टी र आफूलाई अप्ठ्यारो पर्ने भन्दै राजीनामा दिएर सहज वातावरण बनाउन प्रचण्डले शर्मालाई सुझाएका थिए।