अध्यक्ष ओलीद्वारा जिल्ला अधिवेशन उद्घाटन


खबरस्टोरी संवाददाता
२३ पुष २०७८, शुक्रबार
अध्यक्ष ओलीद्वारा जिल्ला अधिवेशन उद्घाटन

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका जिल्ला अधिवेशनहरुको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन कक्षबाट उनले सम्बोधन गर्दै अधिवेशन शुभारम्भ गरेका हुन् । अध्यक्ष ओलीले राष्ट्रियताको संवद्र्धन र प्रवद्र्धन तथा समृद्धिका लागि एमाले कटिबद्ध रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न कार्याकर्ताहरुलाई निर्देशन दिए ।  हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज एमालेको अधिवेशन सुरु भएको छ ।