अध्यक्ष प्रचण्ड नयाँ दिल्ली पुगे


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
अध्यक्ष प्रचण्ड नयाँ दिल्ली पुगे
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड आज शुक्रबार दिल्ली पुगेका हुन् ।

भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई नयाँ दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि त्यहाँ उपस्थिति थियो।

तीन दिने भारत भ्रमणका क्रममा दुई देशबीचको घनिष्ट सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा छलफल हुने दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले बताएका थिए ।