काठमाडौ । पूर्व अर्थमन्त्री तथा जनता समाजवादी दलका नेता डा बाबुराम भटराईले बृद्ध भत्ता नलिने भएका छन् ।
आफु पनि ६८ वर्ष पुगेकाले सरकारले आजै मात्र प्रस्तुत गरेको बजेटमा २ वर्ष कम गरेर ६८ वर्षमै दिने बृद्ध भत्ताको निर्णयले गरिब देशका जनतालाई थप आर्थिक व्यय भार नपार्ने भन्दै आफुले सो भत्ता नलिने घोषणा गरेका हुन् ।