बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत हुने


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत हुने
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो । प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।