भोलिसम्ममा निर्वाचनमा गठबन्धनको टुङ्गो लाग्छ : प्रचण्ड


खबरस्टोरी संवाददाता
३ बैशाख २०७९, शनिबार
भोलिसम्ममा निर्वाचनमा गठबन्धनको टुङ्गो लाग्छ : प्रचण्ड
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागिसक्ने बताएका छन्।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए। उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौं।पूर्वी नवलपुरमा आयोजित पार्टीको नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् ।