भारतीय राजदूतको बिदाइमा नेताहरुको जमघट


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
भारतीय राजदूतको बिदाइमा नेताहरुको जमघट
काठमाडौ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ अवसरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरू र दलका वरिष्ठ नेताहरू भारतीय दूतावास पुगेका छन्।

क्वात्रा भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि फर्कन लागेका हुन्। आफ्नो बिदाइको अवसरमा उनले मंगलबार साँझ रात्रिभोज आयोजना गरेका थिए। 

रात्रिभोजमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी लगायत सहभागी भएका थिए।एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ, नेता विष्णु पौडेल, विदेश विभाग प्रमुख राजन भट्टराई सहभागी छन् ।