बजेटले आर्थिक संकट देखेन, चुनावमात्रै देख्यो : पूर्वअर्थमन्त्री पाण्डे


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
बजेटले आर्थिक संकट देखेन, चुनावमात्रै देख्यो : पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले बजेटले देशको आर्थिक संकटलाई नदेखेको र यो निर्वाचन केन्द्रीत भएको बताएका छन् । 

बुधवार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफलको क्रममा बोल्दै पाण्डेले देशको आर्थिक संकट एकातिर रहेको तर बजेट त्यसको वेवास्ता गरेर अर्कै कुरालाई केन्द्रीत गरेर ल्याएको दाबी गरेका छन् । 

उनले भने “सरकारले स्थानिय निर्वाचन र आगामी आउने प्रदेश र संघको निर्वाचन मात्रै देख्यो, यता र उता दुवै तिर चुनावमा मात्रै देख्यो तर देशको आर्थिक संकट तिर ध्यान दिन सकेन । अहिलेको आर्थिक संकटले देशको अर्थतन्त्र नै धरासायी हुने अवस्थामा आएको छ । यो बजेटले यसलाई कसरी सम्बोधन गर्न सक्छ भन्दै प्रश्न गरे”। 

पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी नै रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुने चेतानवनी समेत दिएका छन् ।  फरक प्रसंगमा बोल्दै पाण्डले सामाजिक सुरक्षा भत्ता नेकपा एमालेको ब्राण्ड भएकोले अहिलेको सरकारले उमेर जति घटाए पनि त्यसको त्यसको जस नेकपा एमालेले पाउने र जनताले एमालेलाई नै स्वासी दिने बताएका छन् । उनले सामाजिक सुरक्षा भत्ता घोषणापत्र अनुसार ५ हजार किन नपुर्याएको भनेर प्रश्न समेत गरेका छन् ।