‘बजेट हेर्दा खुसी पनि लाग्छ । दु:ख पनि लाग्छ । खुसी यसकारण लाग्छ कि संघीयतालाई बलियो बनाउने खालको छ,’ उनले भने, ‘समग्रमा हेर्दै जाँदा बजेट सन्तुलित छैन । खास गरेर मधेशको कुरा गर्ने हो भने यो बजेटमा मधेश प्रदेशलाई पूर्ण रुपले ठगिएको छ ।’
उनले हुलाकी राजमार्ग मधेश प्रदेशकै लाइफलाइन भएता पनि यसका लागि बजेट नछुट्याइएकोमा गुनासो पोखे । ‘हुलाकी राजमार्ग मधेश प्रदेशकै लाइफलाइन हो,’ उनले भने, ‘हुलाकी सडकमा थोरै बजेट राखिएको छ । जबकी सडकहरू संरचनाहरू बनाउन बाँकी नै छ । सरकार र अर्थमन्त्रीको यस विषयमा ध्यान जाओस् ।’
‘बजेटमा मधेश प्रदेशको खासै योजना छैन,’ उनले भने, ‘मधेश प्रदेशलाई दिने अनुदान झन गठबन्धनको सरकारले घटाएको छ ।