बजेटमा मधेशलाई पूर्ण रुपमा ठगियो- सांसद यादव


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
बजेटमा मधेशलाई पूर्ण रुपमा ठगियो-  सांसद यादव
काठमाडौं। जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद प्रदिप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशलाई ठगिएको बताएका छन् । उनले प्रतिनिधिसभाको जारी बजेट छलफलमा समग्र बजेट संघीयताको पक्षमा भए पनि मधेश प्रदेशमा बजेटमा पूर्ण रुपमा ठगिएको बताएका हुन् ।

‘बजेट हेर्दा खुसी पनि लाग्छ । दु:ख पनि लाग्छ । खुसी यसकारण लाग्छ कि संघीयतालाई बलियो बनाउने खालको छ,’ उनले भने, ‘समग्रमा हेर्दै जाँदा बजेट सन्तुलित छैन । खास गरेर मधेशको कुरा गर्ने हो भने यो बजेटमा मधेश प्रदेशलाई पूर्ण रुपले ठगिएको छ ।’

उनले हुलाकी राजमार्ग मधेश प्रदेशकै लाइफलाइन भएता पनि यसका लागि बजेट नछुट्याइएकोमा गुनासो पोखे ।  ‘हुलाकी राजमार्ग मधेश प्रदेशकै लाइफलाइन हो,’ उनले भने, ‘हुलाकी सडकमा थोरै बजेट राखिएको छ । जबकी सडकहरू संरचनाहरू बनाउन बाँकी नै  छ । सरकार र अर्थमन्त्रीको यस विषयमा ध्यान जाओस् ।’

 ‘बजेटमा मधेश प्रदेशको खासै योजना छैन,’ उनले भने, ‘मधेश प्रदेशलाई दिने अनुदान झन गठबन्धनको सरकारले घटाएको छ ।