बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन हुँदैन: सिर्जना सिंह


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन हुँदैन: सिर्जना सिंह
काठमाडाैं।  नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेका बेला नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन नहुने सुझाव अथवा चेतावनी दिएकी छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै फोहोर व्यवस्थापनका कार्यकम सहमति स्वरूप गर्नुपर्ने बताईन ।

उनले लेखेकी छन्, ‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि मिटिङबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन हुँदैन । काठमाडौंको जनता होस् वा बन्चरे डाँडाका जनता सबैलाई न्याय होस् र सहमति अनुरुप होस्  ।