बालकोटमा ओलीसँग बालेन्द्रको भेटघाट


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
बालकोटमा ओलीसँग बालेन्द्रको भेटघाट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । 

मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमै पुगेर बालेन्द्रले एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । 

भेटका क्रममा ओलीले शाहलाई खादा ओढाएर सम्मान गरेका थिए । ओलीले महानगरपालिकाका मेयर शाहसँग समसामयिक राजनीतिक विषयमा पनि छलफल गरेका छन् । 

शाहले महानगरपालिकामा पदभार ग्रहण गरे लगत्तै नेपाली सेनाका सेनापतिसँग भेटवार्ता गरेका थिए ।