बालेन्द्र शाहले भेटे प्रधानमन्त्री


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
बालेन्द्र शाहले भेटे प्रधानमन्त्री
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । 

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । 

प्रधानमन्त्री देउवाले काठमाडौं महानगरपालिकाले गर्ने काममा साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए । 

काठमाडौं महानगरपालिकाका मेयर शाहले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरस्थित बालकोट निवासमै पुगेर भेट गरेका थिए ।