बन्चरेडाँडामा फोहोर लैजान बुधबार पनि स्थानीयको अवरोध


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
बन्चरेडाँडामा फोहोर लैजान बुधबार पनि स्थानीयको अवरोध
काठमाडौँ। काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले आज बुधबार पनि यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित फोहोर विसर्जनमा अवरोध गरेका छन् । 

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका उपाध्यक्ष सनत उप्रेतीले प्रहरीले घरमा रहेका र खेतमा काम गरिरहेका नागरिकलाई पनि धरपकड गरिरहेको बताए । शान्तिपूर्ण रूपमा हामीले यसअघिका सहमति कार्यान्वयन हुनुपर्‍यो भन्दा राज्यले प्रहरी प्रशासन लगाएर हामीमाथि दबाब परिरहेको छ । 

मंगलबार फोहोर विसर्जनका लागि काठमाडौंबाट ल्यान्डफिल साइटमा गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको थियो ।