बन्द रहेको वीरगञ्ज चिनी कारखानाको भ्रमणमा अर्थमन्त्री


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
बन्द रहेको वीरगञ्ज चिनी कारखानाको भ्रमणमा अर्थमन्त्री
काठमाडौं । सरकारले वीरगञ्जमा बन्द अवस्थामा रहेको चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ ।  १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय अर्थमन्त्री जनार्दन शर्माले उल्लेख गरेका  थिए   ।

अर्थमन्त्री शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् । उनले यस कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताएका थिए । अर्थमन्त्री शर्माले शनिबार नै वीरगञ्जस्थित कृषि औजार कारखानाको समेत निरीक्षण गरेका छन् । यी दुवै कारखाना पुनः सञ्चालनमा ल्याउने सरकारको योजना छ ।