प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएकोछ । करिव डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको तर्फबाट प्रचण्डलाई निम्तो दिएका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको प्रतिनिधिमण्डललाई दुई दिनअघि मात्रै काठमाडौंमा भेट गरेका थिए । सीपीसीका विदेश विभाग प्रमुख लिउले प्रचण्डलाई भेटेको भोलिपल्ट भारतीय राजदूत नविन श्रीवास्तव प्रचण्डलाई भारत भ्रमणको पुनः निम्तो दिन प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
तीन दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह लगायतका नेताहरुसँग भेटवार्ता हुने बताइएको छ । यद्यपि मोदीसँगको भेटको समय भने तय भइसकेको छैन ।
चिनियाँ टोली फर्किएलगत्तै प्रचण्डको दिल्ली दौडलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पनि दिल्लीमा नै रहेकी छन् । देउवापुत्र जयविर देउवा पनि आरजुसँगै दिल्ली भ्रमणमा रहेका छन् ।