चितवनका बागीसँग रामचन्द्र पौडेलको भेटघाट


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
चितवनका बागीसँग रामचन्द्र पौडेलको भेटघाट
चितवन ।सत्ता गठबन्धनका उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन्। 

कांग्रेसको निर्णयविपरीत बागी उम्मेदवार बनेका उनलाई फकाउने प्रयास जारी छ।  सत्ता गठबन्धनका दलबीच तालमेलको सहमतिअनुसार भरतपुर महानगरमा माओवादी केन्द्रबाट रेनु दाहाललाई प्रमुख पदको उम्मेदवार बनाइएको छ। तर जगन्नाथ पौडेले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गरेको अनुरोधसमेत नमानी बागी उम्मेदवार बनेका हुन्।