चितवनमा जनआन्दोलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता विप्लवले एमसीसी परियोजनाको विरोध गर्दै एमसीसी देशको लागि विषालु सर्प भएर आएकोले यसलाई काट्न नेपाली जनता तयार रहेको चेतावनी समेत दिए। समाजमा स्थानीय चुनावको डंका पिटेर ठेकदार,दलाल, भ्रष्टहरु जनताको खुन पसिना चुस्न आएको बताउँदै यो चुनाव देशभक्त नेपाली जनताले वहिष्कार गर्ने बताए ।
कार्यक्रममा नेकपाका चितवन जिल्ला ईन्चार्ज सन्देश पौडेल,केन्द्रीय सदस्य सन्तोष बुढामगर, विशेष जिल्ला समिति सदस्य भिमबहादुर खड्का ध्रुव लगायत केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियोे ।