सोमबार बालकोट पुगेर एमालेमा प्रवेश गरेका डल्लाकोटी भोलिपल्टै माओवादी केन्द्रमा फर्किएका हुन् ।डल्लाकोटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफूभित्र क्षणिक आक्रोश र आवगेमा आई राजनीतिक रुपमा गम्भीर गल्ति गरेको भन्दै आत्मालोचना गरेका छन् । उनले आगामी दिनमा माओवादी केन्द्रमै क्रियाशील हुने बताएका छन् ।