आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले सरकारी सवारी साधनहरु सञ्चालनमा अवरोध गरेका हुन् ।
युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसिदिएका छन् ।
धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल धनगढीको एलएन चोकमा नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले जनाएका छन् ।