एमाले महाधिवेशन : दुई हजार ८१ जनाले गरे मतदान, मतगणना सुरु


खबरस्टोरी संवाददाता
१४ मंसिर २०७८, मंगलवार
एमाले महाधिवेशन : दुई हजार ८१ जनाले गरे मतदान, मतगणना सुरु

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सकिएको छ ।

 मतदान केही समय अगाडि सकिएको हो । दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ८१ जनाले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए । अबको केही बेरमा मतगणना सुरु हुने छ ।