काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत अस्पताल भर्ना भएका छन् ।
पित्तथैलीमा पत्थर देखिएपछि उनलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। उनको आजै अप्रेसन गरिने तयारि भएको छ ।