एमाले प्रवेश गरेको २४ घण्टा नबित्दै माओवादीमै फर्किए गाउँपालीका अध्यक्ष डल्लाकोटी


खबरस्टोरी संवाददाता
२३ चैत्र २०७८, बुधबार
एमाले प्रवेश गरेको २४ घण्टा नबित्दै माओवादीमै फर्किए गाउँपालीका अध्यक्ष डल्लाकोटी
काठमाडौँ । धादिङको बेनिघाट रोराङ् गाउँपालीकाका अध्यक्ष पित्तबहादुर डल्लाकोकी नेकपा एमाले प्रवेश गरको २४ घण्टा नबित्दै (भोलिपल्टै) नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । 

सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओलीको बालकोट स्थित निवासमा पुगेर एमाले प्रवेश गरेका डल्लाकोटीले मंगलबार एक विज्ञप्ति जारी गरेर माओवादी केन्द्रमा नै फर्किएको जानकारी गराएका हुन् । 

बुधबार डल्लाकोटीले खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ निवासमा पुगरेर प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा डल्लाकोटीले आफु कसैको परिबन्धमा परेर एमाले प्रवेश गरेको बताएका छन् । ‘अध्यक्ष ज्यु म कसैको परिबन्धमा परेर बालकोट पुगे । यसमा मेरो गल्ति भो । मैले बनाएको पार्टी कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिन सम्म छोडेनन्, सुत्न त दिएनन् । डल्लाकोटीको भनाई उद्रित गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

जवाफमा प्रचण्डले  भने मेलै गल्ती गरिसके भन्न् भयो । अब काममा फर्कनुस ।