एमाले र एकिकृत समाजवादी पार्टीका वकिलको चुनावमा सहमति बन्यो (पत्रसहित)


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
एमाले र एकिकृत समाजवादी पार्टीका वकिलको चुनावमा सहमति बन्यो (पत्रसहित)
काठमाडौं । उच्च अदालत पाटनको बारमा एकिकृत समाजवादी र एमालेबीच गठबन्धन हुने भएको छ ।

 असार २५ गते हुने उच्च अदालत पाटन, बारको निर्वाचनमा एकिकृत समाजवादी र एमाले निकट वकिलहरुले गठबन्धन गर्ने समझदारी गरेका हुन् ।समझदारी अनुसार दुबै संगठनबीच पदको बाडफाँट समेत भैसकेको छ । अध्यक्षसहित १४ पद एमाले निकट वकिलहरुले पाउनेछन् भने उपाध्यक्ष र सहसचिवसहित ५ पद एकिकृत समाजवादी निकट वकिलहरुले पाउनेछन् ।