सोमबारको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले रोष्टममा बोलाउदा एमाले सांदहरुले आपत्ति जनाएका थिए ।
उनीहरुले अर्थमन्त्रीले बजेट निर्माणका क्रममा शंकासपद गतिविधि गरेको र अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै राजीनामा दिनु पर्ने माग राखेको थिए । सोही विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफुले कुनै पनि किसिमको शंकासपद गतिविधि नगरेको भन्दै आपत्ति जनाए पछि एमाले सांसदहरुले बैठक नै बहिष्कार गरेका हुन् ।
एमाले सांदहरु बैठकबाट बाहिरिएपछि हाल अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठकलाई ३० मिनेटको लागि स्थगित गरेका छन् ।