एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक


खबरस्टोरी संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार
एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौँ। नेकपा (एमाले) ले  १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन्  ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ । एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ । रासस