एमालेले सत्ता गठबन्धन भत्काउन गाह्राे नभएको निष्कर्ष निकाले पनि अन्तरपार्टी निर्देशन-४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्नेसमेत चेतवानी दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन पनि अनुरोध गरेका छन् । ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ,’ ओलीद्वारा जारी अपानिमा भनिएको छ, ‘हाम्रो पङ्क्तिलाई आफ्नाे शक्तिमाथि भरोसा दिलाउन जरुरी छ, आत्मविश्वास बढाउन जरुरी छ ।’