चितवन । ने.क.पा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।एमाले भरतपुर महानगरपालिका कमिटीको बैठकले सुबेदीलाई महानगरको प्रमुखको उमेदवार बनाउने निर्णय गरेको हो ।
चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री बन्दा सामाजिक विकास मन्त्री भएका थिए ।भरतपुर १२ मा स्थायी बसोवास गर्ने उनी तीन कार्यकाल एमाले चितवनको पार्टी प्रमुख रहिसकेका छन् ।