एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय


खबरस्टोरी संवाददाता
१५ फाल्गुन २०७८, आईतवार
एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडाैँ। प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले  एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणसहित अनुमोदन गर्ने निर्णय गरेको हो । 

माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । यसअघि विपक्षमा उभिँदै आएको माओवादी केन्द्र पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।