एमसीसी पास गराउ, सरकार ढलाउको रणनीतिमा एमाले


खबरस्टोरी संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार
एमसीसी पास गराउ, सरकार ढलाउको रणनीतिमा एमाले

काठमाडौं। सत्तागठबन्धनमै रहेका दलहरूबाट सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दल एमालेसँग नयाँ शिराबाट संवाद थालेका छन्।

संसदबाट एमसिसी अनुमोदन गराउने र सरकार ढलाउने रणनितिसहित नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएका छन् ।सभामुखको विकल्प खोज्ने र एमसिसी अनुमोदन गर्ने गरी प्रधानमन्त्री देउवाले एमालेसहितको नयाँ गठबन्धनको कसरत थालेको देखिन्छ ।

संसद् बैठक नै लगातार स्थगन गरेर प्रधानमन्त्री देउवाले आफैँ र निकट नेताहरूमार्फत वैकल्पिक गठबन्धनका लागि दिनभर जसो संवाद गरि नै रहेका छन् ।प्रधानमन्त्री देउवा र ओलीबीच दिउँसो संसद् भवन नयाँ बानेश्वर र साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा सदनको अवरोध हटाउने, सभामुखको विकल्प खोज्ने, एमसिसी अनुमोदन गर्ने र सत्ता साझेदारीका विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री देउवा अमेरिकाले दिएको १६ फागुनको समयसीमाभित्र जुनसुकै हालतमा एमसिसी अनुमोदन गर्ने रणनीतिमा देखिन्छन्।