'एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छ'


खबरस्टोरी संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार
'एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छ'

काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको बताएका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन् । 

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भने, ‘यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्छ ।’ एमसीसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि आइतबार पुन: बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको छ ।