एमसीसीविरुद्धको रिट सर्वाेच्चद्वारा अस्वीकार


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
एमसीसीविरुद्धको रिट सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौँ  । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता रोक्न माग गर्दै दायर गरिएका रिट निवेदन सर्वोच्च अदालतले दरपीठ (अस्वीकार) गरेको छ ।

मंगलबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपाल छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। उनीहरू एमसीसी सम्झौता पारित गर्न नहुने भन्दै परमादेशको माग गरी सर्वोच्च गएका थिए।

संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वाेच्चले सो रिटलाई दरपीठ गरेको हो ।