एमसीसीबारे संस्थागत धारणा बनाउन माओवादी केन्द्रलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम


खबरस्टोरी संवाददाता
१४ फाल्गुन २०७८, शनिबार
एमसीसीबारे संस्थागत धारणा बनाउन माओवादी केन्द्रलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी बारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच हिजो शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारण बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो तीन बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेम पनि दिएका छन् । प्रधानमन्त्रीको अल्टिमेमपछि प्रचण्डले आजै पार्टीमा छलफल चलाउने प्रतिबद्धता जनाएका छन् । स्रोतका अनुसार उनले आजै पार्टीमा छलफल चलाएर निर्णय लिने बताएका छन् ।