एमसीसीविरुद्व मोर्चा बनाउँदै भीम रावलसँग पुगे विप्लव


खबरस्टोरी संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार
एमसीसीविरुद्व मोर्चा बनाउँदै भीम रावलसँग पुगे विप्लव

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। नेता रावल निवास टोखामा आज बिहान दुई नेताहरुबीच भेटघाट भएको हो।

महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको जनाइएको छ ।बुधबार विप्लवले माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतका नेताहरुलाई पनि भेटेका थिए।