एसपीपी बारे भीम रावलले भने- परराष्ट्र मन्त्रीले च्याप्टर क्लोज भयो भन्न मिल्दैन, छानबिन समिति बनाऔं


खबरस्टोरी संवाददाता
३ असार २०७९, शुक्रबार
एसपीपी बारे भीम रावलले भने- परराष्ट्र मन्त्रीले च्याप्टर क्लोज भयो भन्न मिल्दैन, छानबिन समिति बनाऔं
काठमाडौँ। नेकपा एमालेका नेता तथा सांसद डा. भीम रावलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा स्पष्ट पार्नको लागि छानबिन समिति बनाउनु पर्ने माग गरेका छन् । 

शुक्रबारको संसदिय समितिमा नेता रावलले यस्तो प्रस्ताव ल्याएका हुन् । सो समितिमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी नेपाललको हितमा छैन् । यसलाई धेरै नकोट्याउ भने पछि नेता रावलले परराष्ट्र मन्त्री खड्काले एसपीपीको विषय नकोट्याउँ भन्न नमिल्ने बताएका हुन् । 

रावलले भने “पराष्ट्र मन्त्रीले एसपीपी नकोट्याउ भन्नु भएको छ । उहाँले तेस्तो भन्न मिल्दैन । यस विषयमा विस्तृत जानकारी दिनु उहाँको पदिय र काननुी दायित्व हो । यो कुरा संसदिय समितिमा स्पष्ट राख्नुपर्छ । एसपीपीको विषयमा स्पष्ट हुनको लागि छानबिन समिति गठन गर्नु पर्छ ।” नेता रावलले पत्रराष्ट्र मन्त्री खड्कालाई नेपालल एसपीपीमा सहभागि छैन् र हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सुझाव समेत दिएका छन् । 

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीको लागि नेपाली सेनाले लेखेको पत्र आधिकारीक भएको तर त्यो सैन्य गठबन्धनको लागि सम्झौता नभएको बताएका छन् । प्रधान सेनापति शर्माले आफ्नो अमेरिकाका लागि हुन् लागको भ्रमणमा कुनै पनि किसीमको सम्झौता नहुने दाबी समेत गरेका छन् । 

संसदिय समितिमा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललेअमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले एसपीपीको विषयमा सुरुदेखि हाल सम्मे के के भयो भनेर सरकारले यथार्त जानकारी दिनुपर्ने बताएका छन् ।