एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोजेको कांग्रेस प्रवक्ता महतको आरोप


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोजेको कांग्रेस प्रवक्ता महतको आरोप
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकाको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको भनेर आरोप लगाएका छन् । 

आइतबार नेपाल प्रेस युनियन पर्साले विरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले भने “ यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो। 

प्रवक्ता महतले नेकपा एमाले बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा एजेण्डा बिहिन भएको र अब हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै सरकारका विरुद्धमा अनर्गल प्रचार गरिरहेको आरोप लगाएका छन् । 

पूर्वपरराष्ट्र मन्त्री समेत रहेका प्रवक्ता महतले नेपालले कुनै पनि समय र देशलाई हेरेर नभई सन्तुलित र स्थायी परराष्ट्र नीतिमा जोड दिनु पर्ने बताएका छन् । 

फरक प्रसंगमा बोल्दै प्रवक्ता महतले भने “विरगञ्ज चिनी कारखाना र कृषि औचार कारखाना पुनः सञ्चालन गर्ने सम्भावना न्युन रहेको छ ।” निजी क्षेत्रको सक्रिय सहभागिताबिना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने उनको भनाई छ ।