एयरपोर्टमा बाबुरामको स्टाट्स ‘नलाऊ माया दुइतिर भन्नेहरु तीनतिर पो भइयोे’


खबरस्टोरी संवाददाता
२१ चैत्र २०७८, सोमबार
एयरपोर्टमा बाबुरामको  स्टाट्स ‘नलाऊ माया दुइतिर भन्नेहरु तीनतिर पो भइयोे’
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पूर्व सहकर्मीहरु सगँको भेटलाई सामाजिक सञ्जालमार्फत रोचक पारामा व्यक्त गरेका छन् ।

त्रिभुवन विमानस्थलमा तत्कालीन माओवादीमा रहेकी अभिनेत्री रेखा थापा, माओवादी नेता वर्षमान पुनसँगको तस्बिर सेयर गर्दै भट्टराईले “एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरु वर्षमान पुन र रेखा थापासँग जम्काभेट ! नलाऊँ माया दुईतिर भन्ने गीत गाउनेहरु तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।”