फागुन ७ गते बस्दै नेकपा एसको स्थायी समीति बैठक


खबरस्टोरी संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार
फागुन ७ गते बस्दै नेकपा एसको स्थायी समीति बैठक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी समितको बैठक फागुन ७ गते (शनिबार) काठमाण्डौँमा बस्ने भएको छ ।

बैठकमा अमेरिकी विकास सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी, प्रधान न्यायाधिस जबरा विरूद्धको महाअभियोग, देशभर भएका सांगठनिक गतिविधिको अवस्था, आगामी निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउने भन्ने विषयमा छलफल गरिने जनाइएको छ ।