गठबन्धन बैठक : एमसिसी अनुमोदनले सकारात्मक सन्देश प्रवाह भएको निष्कर्ष


खबरस्टोरी संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार
गठबन्धन बैठक : एमसिसी अनुमोदनले सकारात्मक सन्देश प्रवाह भएको निष्कर्ष

काठमाडौँ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ  । बैठकमा समसामयिक राजनीति र एमसिसीका विषयमा छलफल भएको छ ।

एमसिसी सदनबाट अनुमोदन भएपश्चात् उत्पन्न परिस्थितिले सकारात्मक सन्देश प्रवाह भएको बैठकले निष्कर्ष निकालेको छ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष धन्यवाद पनि दिएका छन् ।