गठबन्धनका केही नेताहरूले दिएको अभिव्यक्तिको हिसाब मिलान गर्नुपर्ने छ : मन्त्री झाँक्री


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
गठबन्धनका केही नेताहरूले दिएको अभिव्यक्तिको हिसाब मिलान गर्नुपर्ने छ : मन्त्री झाँक्री
काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री राम कुमारी झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन् । उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन्। 

आइतबार मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन्। सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ।

उनले लेखेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !।'