गठबन्धनले हाम्रो सही ढंगले सम्मानै गर्न सकेन: झलनाथ खनाल


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
गठबन्धनले हाम्रो सही ढंगले सम्मानै गर्न सकेन: झलनाथ खनाल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनाव पछि गठबन्धनका अन्य दलहरूले आफ्नो पार्टीलाई उच्च सम्मान नगरेको गुनासो पोखेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा एकीकृत समाजवादीद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचनमा गठबन्धनबाट आफ्नो पार्टीलाई फाइदा नभएको खनालको पुष्टि गरे।

“गठबन्धनले न हाम्रो सही ढंगले मूल्यांकन गर्यो, न सम्मान गर्यो, न हामीलाई त्यसबाट धेरै फाइदा नै भयो” पूर्व प्रधानमन्त्री खनालले भने, “तर जहाँ–जहाँ हामी आफै स्वतन्त्रतापूर्वक उभियौं, त्यो ठाउँमा हामीले राम्रो विजय प्राप्त गर्यौं।”