गठबन्धनले पैसा र प्रलोभन बाँडेर चुनाव जितेको ओलीको आरोप


खबरस्टोरी संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार
गठबन्धनले पैसा र प्रलोभन बाँडेर चुनाव जितेको ओलीको आरोप
काठमाडौँ। सत्तारूढ पाँच दलीय गठबन्धनले पैशा र प्रलाेभन बाँडेर चुनाव जितेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पैशा र प्रलोभन बाँडेर चुनाव जितेको आरोप लगाएका हुन्।

उनले भने, ‘कसैलाई विदेश पठाइने प्रलोभन देखाइयो। कतिलाई गाउँमा बजेट पठाउने प्रलोभन देखाइयो। कतिलाई देश दुर्घटनामा जान्छ भनि तर्साइयो त्यो पनि चुनाव जित्नको लागि।’

यस्तै, उनले एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै  उपमेयर पनि मेयर बराबर नै भएको दाबि समेत गरे ।