गठबन्धनलाई जोगाउँदै चुनावमा जुट्नुपर्छ: माधव नेपाल


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
गठबन्धनलाई जोगाउँदै चुनावमा जुट्नुपर्छ: माधव नेपाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरभित्र संघीय/प्रदेश सभा चुनाव हुने बताएका छन्।

आउँदो छ महिना मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको उनले बताए।

आज काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने बताए।

‘गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्नेछ,’ उनले भने, ‘छ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई आधार मानेर चुनावको तयारी छ। अहिलेदेखि नै चुनावबारे तयारी गर्नुपर्छ।