ग्यालेक्सी टिभीबाट बिदा भए रवि, संसदीय चुनावमा उम्मेदवार बन्दै


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
ग्यालेक्सी टिभीबाट बिदा भए रवि, संसदीय चुनावमा उम्मेदवार बन्दै
काठमाडौँ। चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेसँगै उनी ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका हुन्। 

टेलिभिजनले उनकाे आजै बिदाइ समाराेह पनि आयाेजना गरेकाे छ । टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् ।


उनले आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने बताउँदै  आफ्नो  सिधा कुरा जनतासँगको कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरे।  

त्यस्तै उनले काठमाडाैंबाट चुनाव लड्ने घाेषणा गरे पनि क्षेत्र नखुलाएकाे बिदाइ समाराेहमा सहभागी टेलिभिजनका एक कर्मचारीले जानकारी दिए ।  तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले जनाएको छ ।  यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।