२४ घण्टाभित्र मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
२४ घण्टाभित्र मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको  निर्णय
काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ। 

सम्मानित नेता झलनाथ खनालका अनुसार आज आइतबार बसेको सचिवालयको बैठकले  यो निर्णय लिएको हो। बैठकले २४ घण्टाभित्रै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ 

समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको  सो पार्टीका  नेता झलनाथ खनालले बताए ।