काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्र्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी दौडमा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन भइसकेपछि संसदबाट नै प्रधानमन्त्रीको चयन गरिन्छ । तर यसपाली भने विभिन्न राजनीतिक दलहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनकै क्रममा प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएका छन् । नागरिकलाई आकर्षण गर्न लागि आम चुनावअघि नै दलहरुले भावी प्रधानमन्त्रीको घोषणा गरेका हुन् ।
युवा पुस्ताको आन्दोलनपछि हुन लागेको निर्वाचनमा सबै भन्दा बढी युवा आकर्षण काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन)प्र्ति भएकाले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको घोषणा गरेर निर्वाचनमा होमिएको हो । रास्वपाले बालेनलाई अघि सारेपछि अन्य दलहरुले पनि प्रधानमन्त्री घोषणा गरेर निर्वानमा होमिएका हुन् । तर कुन दलले बहुमत ल्याउँछ वा दलीय हैसियत कसको कति हुन्छ, त्यसको आधारमा मात्रै सरकार बन्ने भएको निर्वाचनपछि मात्रै प्रधानमन्त्रीको निक्र्योल गर्न सकिन्छ ।
गगन कुमार थापा र सर्लाही ४ को गणित
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा उभ्याएको छ । भावी प्रधानमन्त्रीका रुपमा उभ्याएका गगनको उम्मेदवारी सर्लाही ४ बाट छ । तर ७९ सालको निर्वाचनमा भने यो क्षेत्रबाट अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवार भएर जितेका थिए । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका सिंह २० हजार १७ मत प्राप्त गरि विजयी भएका थिए । तत्कालिन माओवादी केन्द्रको पनि समर्थन रहेको कांग्रेस उम्मेदवार नगरेन्द्र्र कुमार १६ हजार २९ मत का साथ निकटतम प्रतिद्व्रन्दी बने । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६ सय २२ मत प्राप्त गरेकी थिइन् । यो क्षेत्रमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीको पनि उम्मेदवार थिएन ।
समानुपातिकको मततर्फ कांग्रेसले १६ हजार २९ मत ल्याउँदा माओवादी केन्द्रले ९ हजार ७ सय ९० मत ल्याएको थियो । दुबै मत जोड्दा कांग्रेस उम्मेदवारको जित निश्चित थियो । तर गठबन्धन गरेर प्रत्यक्षमा कांग्रेसले जितेन । कांग्रेसबाटै अन्तरघात भएको हो वा माओवादीले मत दिएन । उता, रास्वपाका धिरज ठाकुरले ३ सय ६ मत मात्रै पाए । रास्वपाले समानुपातिकमा भने १ हजार १ सय १९ मत पाएको थियो । जसले गर्दा रास्वपा निकै कमजोर देखिन्छ । उनै अमरेश अहिले रास्वपाबाट उम्मेदवारी दिएर गगनलाई टक्कर दिइरहेका छन् । जसले गर्दा गगनलाई चुनौतिपूर्ण बनेको छ । यद्यपी भावी प्रधानमन्त्रीको उम्मेदवार र कांग्रेसको पुरानो विरासत भत्काएको कारण गगनप्रति आकर्षण अत्याधिक छ ।
केपी ओली भर्सेस बालेन्द्र शाह र झापा ५ को गणित
जेनजी आन्दोलनका कारण सरकारबाट विस्थापित भएका नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले पनि झापा ५ बाट उम्मेदवारी दिएका छ । ७९ को निर्वाचनमा ओली भारी मतका साथ निर्वाचित भएका थिए । ५२ हजार ३ सय १९ मतले ओली विजयी हुँदा माओवादी केन्द्रकोसमेत समर्थन रहेका कांग्र्रेस उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रले कांग्रेसलाई साथ दिँदा राप्रपाले एमालेलाई समर्थन गरेको थियो । यस्तै, यो क्षेत्रमा रास्वपाका सुरेश पोखरेलले ११ हजार ७ सय ५९ मत प्राप्त गरेका थिए ।
समानुपातिक मततर्फ एमालेले ३५ हजार ८ सय ७२ मत ल्याउँदा राप्रपाले ७ हजार ३ सय ७० मत पाएको थियो । यस्तै, कांग्रेसले १६ हजार ८ सय ५९ मत ल्याउँदा माओवादी केन्द्रले ८ हजार ६ सय ८० मत ल्याएको थियो भने एकीकृत समाजवादीको ५ सय ५६ मत आएको थियो । रास्वपाले समानुपातिकमा प्रत्यक्षभन्दा दोब्बर १८ हजार २ सय ५ मत पाएको थियो । अहिले यो क्षेत्रमा ओलीविरुद्ध बालेन्द्र शाह प्र्रतिष्पर्धामा छन् । अहिले पटक रास्वपाको लहरले यति धेरै मत आएको थियो भने अहिले युवा माझ लोकप्रिय रहेका बालेनको उम्मेदवारी ओलीका लागि खतरनाक बनेको छ । संगठन मजबुत नभए पनि देशैभर ह्वीमले गर्दा रास्वपा अहिले हौसिएको छ । अघिल्लो पटक मधेसले नपत्याएको रास्वपा अहिले मधेसको बेटा भनेर बालेनलाई प्रधानमन्त्रीको घोषणा गरिएको हुँदा मधेसमा पनि उस्तै ह्वीम छ ।
अझ दलहरुबीच गठबन्धन नभएको कारण र जेनजी आन्दोलनपछि ओलीप्रतिको विकर्षणले यो क्षेत्र निकै चुनौतिपूर्ण छ । ओली वा बालेन मध्ये एकले जिते भने एक जनाले प्रधानमन्त्रीको रेशबाट बाहिरिने छन् ।
पुष्पकमल दाहाल र रुकुम पूर्वको गणित
हरेक पटक निर्वाचन क्षेत्र बदल्दै हिड्ने पुष्पकमल दाहाल प्रचण्ड अहिले रुकुम पूर्व पुगेका छन् । जुन दाहालका लागि निकै सुरक्षित ठाउँ हो । यो क्षेत्रमा ७९ को चुनावमा माओवादी केन्द्र्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका थिए । घर्तीले १२ हजार २ सय ६२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्व एमालेका कैलाश मल्लले ५ हजार २ सय १२ मत मात्रै पाएका थिए । समानुपातिकतर्फ भने एमाले र माओवादी केन्द्र दुबैको मत कम आएको थियो । माकेले ८ हजार २ सय ७१ मत ल्याउँदा एमालेले ३ हजार ६ सय ५९ मत मात्रै पाएको थियो । प्र्रत्यक्षमा माओवादीलाई सघाएको कांग्रेसले समानुपातिकमा ५ हजार ६ सय ९२ मत पाएको थियो । दाहाल अहिले माधव नेपालसहित ढेड दर्जन बढी दल तथा समूहको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजक छ । त्यसैले प्रधानमन्त्रीको उम्मेदवार मध्ये दाहाल सबैभन्दा बढी सुरक्षित छन् । तर कति सिट जितेर नेकपाले प्र्रतिनिधिसभामा कस्तो हैसियत बनाउँछ त्यसमा भर पर्नेछ । तर पनि दाहाल चाटुकार नेता मानिन्छन् । उनी यसअघि तेस्रो दल भएर पनि प्रधानमन्त्री बन्न सफल भएका थिए । उनले नै आफ्नो पार्टीको सिटलाई जादुमय बताएका थिए ।
कुलमान घिसिङ र काठमाडौं ३ को गणित
आगामी निर्वाचनका लागि नयाँ दलका रुपमा उदाएका छन् कुलमान घिसिङ् । उनी नेपाल विद्युत प्र्राधिकरणको कार्यकारी निर्देशक हुँदा दैनिक १९ घण्टासम्मको लोडसेडिङ हटाएर चर्चित बनेका पात्र हुन् । घिसिङले लोडसेडिङका बेला उद्योगहरुलाई उपलब्ध गराएको डेडिकेटेड तथा टंक लाइन बक्यौता उठाउँन कस्सिदा तत्कालिन केपी ओली सरकारको तारो बने । र, पदबाट बर्खास्त गरियो । त्यसपछि उनी राजनीतिक दल खोलेर अघि बढ्न कस्सिए । आफ्नो नियुक्ति बाँकी हुँदै बर्खास्त गरिएको भन्दै सर्वोच्चमा मुद्दा हालेका कारण उनले अनुप उपाध्यायलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । लोडसेडिङ हटाएकै कारण उज्यालोका नायकको उपमा पाएका घिसिङ जेनजी आन्दोलनपछि सिधै्र मन्त्री हुने सौभाग्य पाए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन मन्त्रालय सम्हालेका उनी राजनीतिमा आउनका लागि सरकार छाडे ।
चर्चित अनुहार भएक्रै कारण कुलमानलाई रास्वपास्रँग एकताको प्र्रयास मात्रै भएन, रास्वपामा पहिलो हैसियतको उपसभापतिको हैसियत दिएर पार्टी एकता भयो । तर पनि केही दिन कुनै पनि पार्टीमा नरहेको भन्दै जनतालाई ढाँटेर मन्त्री पद सम्हालिरहेका थिए । चौतर्फी आलोचना पछि सरकार छाडेर । तर सरकार छाडेका उनले १२ दिनपछि रास्वपासँगको एकता नै भंग गरे । र, उज्यालो नेपालको आफै अध्यक्ष घोषणा गरे । जतिबेला समानुपातिको बन्दसूची समेत पेश भइसकेको थियो । जसले गर्दा आफ्नो भागबाट समानुपातिक उम्मेदवार बनाइएका रिमा विश्वकर्मा लगायतले रास्वपामै रहने निर्णय गर्दा समानुपातिकमा ठूलो घाटा लाग्यो ।
समानुपातिक उम्मेदवार सच्याउने क्रममा परिवर्तन पार्टीबाट केहीको नाम समानुपातिकमा त बुझाएका छन् तर त्यो दल निकै कमजोर छ । प्रधानमन्त्रीकै आकांक्षा राखेका कुलमानले चुनाव जिते नै भने पनि भूराजनीतिक प्र्रभाव विना उनी प्र्रधानमन्त्री बन्न पाउने छैनन् । किनकी उनको दलको हैसियत कमजोर रहनेछ ।
अब लागौं ७९ सालमा काठमाडौं ३ को नतिजातर्फ । ७९ सालमा कांग्रेसका सन्तोषत चालिसे १५ हजार १ सय ५८ मतले विजयी भएका थिए । एमालेका कृष्णबहादुर राईले ११ हजार १ सय ९६, रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८ सय ६५ ल्याएका थिए ।
समाुनापतिक तर्फ भने कांग्रेसले १० हजार ६ सय १९, एमालेले ९ हजार ४ सय ४९, रास्वपाले ९ हजार २ सय १८ मत ल्याउँदा माओावद्री केन्द्र्रले १ हजार ३ सय ३३ मत मात्रै पाएको थियो । यस पटक यो क्षेत्रमा सबै दलले नयाँ अनुहार उठाएको छ । यहि क्षेत्रमा कुलमान घिसिङ चु्नावी प्र्रतिष्पर्धामा छन् । यो क्षेत्रमा कांग्रेसले रमेश अर्याल, एमालेले रामेश्वर फुयाँल, नेकपाले निरज लामा, रास्वपाले राजु पाण्डेलाई उठाएको छ । पाण्डे काठमाडौं महानगर प्रहरी प्रमुख छाडेर रास्वपाबाट उम्मदेवार बनेका हुन् । उनी बालेनका प्रिय रहे पनि काठमाडौंबासीका लागि आलोचित छन् ।
कुनै दलको पनि बहुमत आउने सम्भावना न्यून
युवा पुस्ताको आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा पनि कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना न्यून छ । रास्वपाले भने १ सय ५१ सिट जित्ने दावी गरिरहेको छ । तर रास्वपा ठूलो दल बन्ने सम्भावना रहे पनि बहुमत सिट आउने देखिदैन । यो अवस्थामा फेरि पनि २ वा २ भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहनेछ । त्यो अवस्थामा प्रधानमन्त्रीको रेशमा रहेका यी अनुहारहरु मध्ये जो कोही उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचित भएमा प्रधानमन्त्री बन्ने बाटो भने खुल्नेछ ।