जेनजी आन्दोलनकारी पुरुषोत्तम यादव रास्वपा प्रवेश


खबरस्टोरी संवाददाता
४ पुष २०८२, शुक्रबार
जेनजी आन्दोलनकारी पुरुषोत्तम यादव रास्वपा प्रवेश

काठमाडौं । जेनजी नेता पुरूषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

उनी शुक्रबार पार्टीमा प्रवेश गरेका हुन् । पार्टीका प्रवक्ता मनिष झाले उनलाई स्वागत गरेका थिए ।

यादवलाई रास्वपाको प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतरफ उम्मेदवारको सूचीमा पनि समावेश गरेको छ । यसअघि पछिल्लो समय चर्चामा आएका सञ्चारकर्मी राजीव खत्री पनि रास्वपा प्रवेश गरेका थिए ।