जनप्रतिनिधिले इमानदारीपूर्वक काम गरे मात्र लोकतन्त्र बलियो हुन्छ: शेखर कोइराला


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
जनप्रतिनिधिले इमानदारीपूर्वक काम गरे मात्र लोकतन्त्र बलियो हुन्छ: शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका सम्मानित नेता शेखर कोइरालाले मुलुकमा लोकतन्त्र बलियो बनाउन  जनप्रतिनिधिले इमानदारीपूर्वक काम गर्नुपर्ने बताएका छन् । 

कृष्णप्रसाद कोइराला सेवा गुठीद्वारा सञ्चालित शैलजा आचार्य पोलिटेक्निक सिस्बनी जहदाले १३ औं शैलजा आचार्य स्मृति दिवसको अवसरमा आयोजना आइतबार  गरेको स्मृतिसभामा उनले समावेशिता, सुशासन, जवाफदेहिता, उत्तरदायित्व र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि स्थानीय तहका जनप्रतिनिधिले इमान्दारपुर्वक काम गर्नुपर्ने बताएका हुन् ।

‘स्थानीय तहको निर्वाचनमा मुलुकभरि कांग्रेसले बढी जित्यो तर यस्तै प्रवृत्तिको निर्वाचनमा अघि बढ्यौं भने मुलुक संकटमा फस्ने निश्चित छ,’ उनले भने, ‘बेथितिपूर्ण महँगो चुनावले राजनीतिक मूल्य, मायन्ता, विचार, संस्कार स्खलित भएर जान्छ ।

आफ्नो कुरा नलुकाई निडर भई,भन्न सक्ने, आफ्नो नैतिकता, इमानदारीताको सिद्धान्तबाट जस्तोसुकै परिस्थितिमा विचलित नभई अन्याय र अत्याचारविरुद्ध लड्दै अघि बढ्ने अहिलेका बालिका, किशोरी, युवती तथा महिलामा निर्माण गर्न सकिए मात्रै हाम्रो समाज परिवर्तन हुन सक्ने  उनको भनाइ थियो ।