जसपाबाट निकालिए बाबुराम


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
जसपाबाट निकालिए बाबुराम
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइलाई कारवाही गर्ने भएको छ ।

वीरगन्जमा सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो सत्रमा भट्टराइ लगायतका नेताहरुलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश गरिएको छ।अध्यक्ष यादवले बैठकका लागि १० वटा एजेण्डा प्रस्तुत गरेका छन्। सबै एजेण्डा बुधबार नै पारितसमेत भएका छन्।

जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको काठमाडौंमा केन्द्रीय समिति बैठक राखेका छन्।