कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र पक्षले यहि असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् भने बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुने बाबुरामनिकट नेता विश्वदीप पाण्डेले बताए ।
'काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ विज्ञप्तिमा उल्लेख छ ।