जसपाको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्दै


खबरस्टोरी संवाददाता
२६ असार २०७९, आईतवार
जसपाको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक डाकेका छन्।

कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र पक्षले यहि असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् भने बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुने बाबुरामनिकट नेता विश्वदीप पाण्डेले बताए ।

'काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ विज्ञप्तिमा उल्लेख छ ।